प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : ओली
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् ।

    शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन् । उनले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने बताए ।

    उनले एमाले भएकै कारण कम्युनिस्ट आन्दोलनको रक्षा भएको बताएका छन् । ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको ओलीले बताए ।

    ‘देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनायो,’ उनले भने । नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुखद भएको बताएका छन् । सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ ।

  • २६ चैत्र २०७८, शनिबार २०:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images