गृहमन्त्री खाण र अस्ट्रियाका राजदूत वजिरबीच शिष्टाचार भेटघाट
  • CIA Khabar

  • काठमाडौँ ।माननीय गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
    गृह मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको आपशी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी गर्नुभएको हो ।
    भेटमा काठमाडौँबाट अस्ट्रियाको राजधानी भियनामा सिधा उडान गर्नेबारे कुराकानी भएको थियो । गृहमन्त्री खाणले काठमाडौं–भियना उडान भएमा दुबै मुलुकलाई फाइदा हुने बताउनुभएको थियो । राजदूत वजिरले उडानबारे सरकारसँग पहल गर्ने बताउनु भयो ।
    नेपाल र अस्ट्रियाबीच सन् १९५९ अगस्त १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
    अस्ट्रियाले विशेषगरी सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ । अस्ट्रियाले पाटन संग्रालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको पर्वद्धनलगायतमा सहयोग गरेको छ ।

  • २९ चैत्र २०७८, मंगलवार १६:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images