लकडाउनका बेला पार्टी गर्ने बेलायती प्रधानमन्त्रीलाई जरिवाना
  • CIA Khabar

  • काठमाडौं– लकडाउनको समयमा पार्टी गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले जरिवाना तिराउने भएको छ । बीबीसीले जनाएअनुसार उनीसँगै अर्थमन्त्री ऋषि सुनकलाई पनि प्रहरीले जरिवाना तिराउने भएको हो ।

    प्रधानमन्त्रीलाई जरिवाना तिराउने सम्बन्धी सूचना मेट्रोपोलिटन प्रहरीबाट प्राप्त भएको बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ ।

    उनीहरुले १० डाउनिङ स्ट्रिट र ह्वाइटहलमा १२ पटक लकडाउनको उल्लङ्घन गरेको विषयमा बेलायतको मेट्रोपोलिटन प्रहरीले अनुसन्धान गरेको थियो ।

    यसअघि प्रहरीले लकडाउनको उल्लङ्घन गर्नेको पहिचान सार्वजनिक नगर्ने जनाएको थियो । यद्यपि १० डाउनिङ स्ट्रिटले भने यदी प्रधानमन्त्रीमाथि प्रहरीले कारवाही गरेको भए यसलाई सार्वजनिक गरिने जनाएको थियो ।

  • २९ चैत्र २०७८, मंगलवार १९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images