घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रह्यो : कांग्रेस
  • CIA Khabar

  • काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रहेको बताएको छ । एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए ।

    ‘धेरै भ्रम फैलाइएको थियो। एमसीसीबारे ठूलो खालको भ्रम छरिएको रहेछ । विकास निर्माणका कामबारे पनि भ्रम फैलाइएको थियो । त्यो सबै भ्रम चिर्न सफल भयौं,’ उनले भने ।

    पाँच वर्षे म्यान्डेट पाएर अधुरै छोडेका केपी ओली नेतृत्वको पार्टीलाई किन जिताउने भन्नेबारे पनि जनधारणा बुझ्ने मौका मिलेको उनको भनाइ छ ।

    ‘घरघरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पायौं । चुनावी तालमेलका विषयमा पनि उहाँहरूको धारणा कस्तो छ रु त्यो बुझ्ने मौका मिल्यो,’ डा। महतले भने । स्थानीय तह निर्वाचनका लागि पार्टीको अवस्था कस्तो छ भन्ने विषयमा पनि नजिकबाट बुझ्ने मौका मिलेको उनको भनाइ छ ।

    स्थानीय तह लक्षित गरेर कांग्रेसले गत २९ फागुनदेखि एक महिने अभियान सञ्चालन गरेको थियो । अभियानमा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू गाउँघर केन्द्रित भएका थिए । अभियानको क्रममा केन्द्रीय प्रतिनिधिहरूलाई गाउँघरमा कांग्रेसबारे जनताको धारणा, पार्टीबारे फैलाइएका भ्रम चिर्ने, चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा जनताको धारणालगायतका विषय बुझ्ने म्यान्डेट पाएका थिए ।

    एक महिने अभियान सकेर केन्द्रीय प्रतिनिधिहरू सबै काठमाडौं फर्किँदैछन् । उनीहरूले आफूलाई खटाइएको जिल्लाको वस्तुस्थितिबारे प्रतिवेदन बुझाउनुपर्ने छ ।

  • २९ चैत्र २०७८, मंगलवार १९:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images