गृहमन्त्री खाणसँग राजदूत क्वात्राको बिदाइ भेट
  • CIA Khabar

  • काठमाडौँ।गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
    पदोन्नती भएर विदेशसचिव बन्नुभएका क्वात्राले भारत जानुअघि मंगलबार गृहमन्त्री खाणसँग गृह मन्त्रालयमा बिदाइ भेट गर्नुभएको हो ।
    भेटमा नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।
    गृहमन्त्री खाणले भारतले नेपाललाई गर्दै आएको सहयोगको प्रशंशा गर्दै आगामी दिनमा यस्ता सहयोग निरन्तर रहनेमा आशावादी रहेको बताउनु भयो । अहिले भारतीय सहयोगमा सञ्चातिल योजनाबारे पनि भेटमा कुराकानी भएको थियो ।
    भेटमा राजदूत क्वात्राले नेपाल बसाइका क्रममा नेपाल सरकारबाट पाएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

  • २९ चैत्र २०७८, मंगलवार २१:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images