स्थानीय निर्वाचनमा सहभागिताबारे गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच छलफल
  • CIA Khabar

  • काठमाडौँ ।गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच स्थानीय तह निर्वाचनमा नेकपाको सहभागीताबारे भेटवार्ता भएको छ ।
    भेटमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताउनु भएको थियो । निर्वाचनमा सहभागिताका लागि नेकपाले विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनु पर्ने माग राखिरहेको छ ।
    यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुबै पक्षले बताएका छन् ।
    सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरेपछि वार्ता सरकारात्मक बनेर सहमतिको नजिक पुगेको हो ।
    वर्तामा गृहमन्त्री खाणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताउनु भयो ।

  • २ बैशाख २०७९, शुक्रबार १४:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images