अब ६८ वर्षमा नै वृद्धभत्ता
  • CIA Khabar

  • काठमाडौँ- सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ ।

    संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिएका हुन् ।

    हाल ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले अब आगामी आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई नै दिने व्यवस्था गरेको हो ।

  • १५ जेष्ठ २०७९, आईतवार १७:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images