सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गरिने
  • CIA Khabar

  • काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट देशभरका सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छु,’ मन्त्री शर्माले भने ।

    यस्तै, मिर्गौला प्रत्यारोपण गरेका तथा डाइलोसिस गराइरहेका व्यक्तिहरु, सबै प्रकारका क्यान्सर रोग निधन भएका व्यक्तिहरु, मेरुदण्ड, पक्षघात भएका बिरामीलाई औषधी खर्च बापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउन एक अर्ब ५० करोड रुपैयाँ छुट्टाइएको उनले जनाए ।

  • १५ जेष्ठ २०७९, आईतवार १७:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images