आइजिपी बढुवाविरुद्धको सुनुवाइ हुँदै
  • CIA Khabar

  • काठमाडौं– सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको सुनुवाइ मंगलबारदेखि हुने भएको छ ।

    न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

    आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

    सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियोे ।

  • १७ जेष्ठ २०७९, मंगलवार १०:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images