आगामी साउन ६ र ७ गते युनियनको महाधिवेशन हुन्छ : अध्यक्ष बद्री सिग्देल
  • CIA Khabar

  • काठमाडौँ – नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले आगामी साउन ६ र ७ गते महाधिवेशन गर्ने बताएका छन् । मंगलबार युनियनको कार्यालय थापागाउँमा आयोजित एक कार्यक्रममा उनले निर्धारित मितिमा महाधिवेशन हुने स्पष्ट पारेका हुन् ।

    विधानमा प्रत्येक तीन वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्था छ तर ९ वर्ष पुग्दा पनि युनियनको महाविधेशन हुन सकेको छैन । अध्यक्ष सिग्देलले आफूले तीन वर्षमा महाधिशवेन गर्न चाहेको भएपनि विभिन्न कारणले सम्भव नभएको बताए ।

    उनले भने, ‘अब साउन ६ र ७ गतेको जुन मिति तोकिएको छ, त्यसमै महाधिवेशन हुन्छ । पानी परोस्, बाढी आओस, घाम लागोस्, अब महाधिवेशन रोकिँदैन ।

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत सहभागी कार्यक्रममा उनले अगाडि थपे, ‘म प्रवक्ताज्यूलाई नै साक्षी राखेर भन्दैछु । अब महाधिवेशन हुन्छ । साथीहरु प्रचारमा लाग्नूस् ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को एसिया प्यासिफिकको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका सिग्देललाई सम्मान गरिएको थियो ।

    प्रेस युनियनबाट आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित हुने सिग्देल पहिलो हुन् ।

    कार्यक्रममा प्रवक्ता महतले प्रेस युनियनलाई महाधिवेशनको सफलतापूर्वक सम्पन्न गर्नका लागि निर्देशन दिए । उनले महाधिवेशनको सफलताका लागि पार्टीले सहयोग गर्ने पनि आश्वासन दिए ।

  • २४ जेष्ठ २०७९, मंगलवार १७:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images