निर्धन उत्थान लघुबित्त रामापुरद्वारा बिमा रकम बितरण।
  • झबिन भण्डारी

  • रुपन्देहि।निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय रामापुर रुपन्देहीले आज एक कार्यक्रम आयोजना गरि आफ्नो मृतक सदस्यको परिवारलाइ बिमा रकम बितरण गरेको छ। केन्द्र न ५५ ,रानिकुवा महिला समुहकि सदस्यकि सदस्य मधुमाया देगाको मृत्यु पश्चात आज उनको हकवालालाइ निर्धन उत्थान लघुबित्त क्षेत्रीय कार्यालय भैरहवा का कार्यक्रम अधिकृत पुन्यात्मा शुक्ला तथा सैनामैना नगरपालिका वडा न १ का अध्यक्ष भुबन बहादुर क्षेत्रीको हातबाट बिमा क्षतिपूर्ति बापतको रु १२ लाख ,५० हजार, १ सय रुपैया प्रदान गरियो।
    कार्यक्रम मा बोल्दै बक्ताहरुले निर्धनको यसकिसिमको कामको प्रससा गर्दै आगामी दिनहरुमा अझ सामाजिक कार्य गर्दै समाज रुपान्तरणमा योगदान दिन जोड दिनुभयो।कार्यक्रम मा शाखा कार्यालय रामापुरको शाखा प्रबन्धक जमुना कडेल, सस्थाका कर्मचारी , समुह सदस्य , अभिभाबक , सामाजिक बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

  • २५ जेष्ठ २०७९, बुधबार २०:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images