फोहोर व्यवस्थापनमा पहल गर्न प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह
  • CIA Khabar

  • काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    प्रतिनिधि सभामा बोल्दै सांसद थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य रहेको भन्दै प्रधानमन्त्रीलाई पहल गर्न आग्रह गरेका हुन् ।

    थापाले फोहोरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह समेत गरे।

    ‘काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य हो । स्रोत साधन र कानुनी प्रक्रियाको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै पहल गर्नुपर्नेछ ।

    त्यसका लागि पहलकदमी लिन सभामुख ज्यू मार्फत प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छ’ थापाले भने । सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानअनुसार स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्नेमा सांसद थापाको जोड छ ।

  • २५ जेष्ठ २०७९, बुधबार २०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images