स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्‍न
  • CIA Khabar

  • काठमाडौं- स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्‍न भएको छ। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल इन्जिनियरिङ फिर्म्स (स्केफ) नेपालले निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसाय विकास परिषद्को सहयोगमा पुल डिजाइसम्बन्धी तालिम गरेको हो।

    स्वीस सरकारको प्राविधिक सहयोगमा सञ्चालित स्थानीय सडक तथा पुल सहयोग ईकाइ अन्तर्गतको मोटरेबल स्थानीय सडक तथा पुल आयोजनाको प्राविधिक सहयोगमा पाँच दिने पुल डिजाइन सम्बन्धी तालिम सम्पन्न भएको जनाइएको छ।

    यो तालिम पुल डिजाइन, निर्माण र सुपरिवेक्षण संलग्न हुन चाहाने तर खासै विशेशज्ञता नभएका सुरुवाती ज्ञान हासिल गर्न चाहाने ईन्जिनियरहरुलाई लक्षित गरेर आयोजना गरिएको थियो।

    नेपालमा  25 मिटरभन्दा कम लम्बाइ भएका सबै पुल यसै प्रविधि अन्तर्गत बन्‍ने गरेका छन्। नयाँ प्रविधि अन्तर्गतको आईआरसी ११२ र लोड डिभाइन्ड एज पर आआरसी६ प्रयोग विधि अनुसारको तालिम दिएको जनाइएको छ।

    यसै क्रममा स्केफ नेपाल र एलआरबीएसयूबीच नेपाली इन्जिनियरहरूको क्षमता अभिवृद्धिकरणको लागि निरन्तर रुपमा यस्ता खालका तालिमहरु आयोजना गर्न सहमति पत्रमा हस्ताक्षरसमेत गरिएको छ। उक्त सहमति पत्रमा स्केफ, नेपालका महासचिव ई. कमल कार्की र एलआरबीएसयूका टिम लिडर ई. सकिल मानन्धरले हस्ताक्षर गरेका हुन्।

    देश विकासमा सम्बद्ध सबै क्षत्रका ईन्जिनियरहरूको क्षमता अभिवृद्धिकरणको उद्देश्यले गरिएको यस तालिममा निर्माण व्यवसायी, सडक विभाग, स्थानीय पुर्वाधार विभाग, नेपाली सेना र परामर्श दात्री संस्थाका गरि कुल ४१ जना सहभागी थिए।

  • २७ जेष्ठ २०७९, शुक्रबार ११:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images