एसपीपीमा सहभागी नहुने जानकारी अमेरिकालाई दिन संसदीय समितिको निर्देशन
  • CIA Khabar

  • काठमाडौं- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ।

    समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो।

    शुक्रबार समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिव र सांसदहरुसँगको छलफल गरेको थियो। त्यस्तै, एसपीपीका सम्बन्धमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र सेनाले अमेरिकालाई पठाएका पत्राचार सात दिनभित्र समितिलाई उपलब्ध गराउन  निर्देशन दिएको छ।

    ‘हालै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नता सम्बन्धमा सार्वजनिक भएका कुराहरू एवं विवादास्पद विषयमा नेपाल सरकारको औपचारिक धारणा निर्णयको रूपमा आउनुपर्छ,’ समितिको लिखित निर्देशनमा उल्लेख छ, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रूपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले उक्त कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने् कुरा स्पष्ट रूपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने।’

    समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको हुने भनिएको अमेरिका भ्रमणमा विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सम्झौता नगर्न पनि निर्देशन दिएको छ।

  • ३ असार २०७९, शुक्रबार २२:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images