काठमाडौँ-पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका थिए। प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए ।
सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघ आन्दोलनमा उत्रिएको हो ।