लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम – प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् । मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमार्फत विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरूको पहिचान र प्रशिक्षण, नाट्य प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बालनाटक महोत्सव कार्यक्रमहरूको आयोजना गर्दै जाने बताए ।

    यसका लागि देशको भूगोल, जाति, समुदायसम्म पुग्न प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले प्राज्ञ प्रतिष्ठानका प्राज्ञहरूलाई निर्देशन दिए । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांस्कृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताए ।

  • २२ असार २०७९, बुधबार १७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images