रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
  • CIA Khabar

  • काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

    उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । यसअघि विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले विदेशीले सोझै सञ्चालन गर्न दिने सरकारको नियत नभएको र प्रचलित कानुनको आधारमा विदेशी वा निजी कम्पनीसँग सहयोग लिन सकिने बताए ।

    देशको सार्वभौमसत्ता धूमिल नहुने गरी काम गर्न र कानुनको परिपालनामा मन्त्रालय सजग रहेको उनको भनाइ छ । हाल जनकपुर–जयनगर रेल सञ्चालनमा आइसकेकाले पनि ऐन आवश्यक रहेको उनले बताए ।

    उनले भने, ‘ऐन ल्याउन नसक्दा रेल सेवा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ ।’ विधेयक यही असार १७ गते राष्ट्रियसभाबाट पारित भएको थियो । विधेयकमाथिको छलफलमा सांसदहरू दिव्यमणिराज भण्डारी, भीमबहादुर रावल, सरिताकुमारी गिरी, प्रेम सुवालले भाग लिएका थिए ।

  • २२ असार २०७९, बुधबार १८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images