महाकालीमा तुइनबाट खसेर बेपत्ता सचिनको खोजीकार्य तिव्र बनाउन गृहमन्त्री खाणको निर्देशन
  • CIA Khabar

  • काठमाडौं।गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका वडा नम्बर २ मा तुइनबाट भारत तर्फबाट नेपालतर्फ आउँदै गर्दा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तिव्र बनाउन सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
    गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीक्षो खोजी कार्य तिव्र बनाउन निर्देशन दिनुभएको हो ।

    सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी कार्य तिव्र बनाउन गृहमन्त्रीले निर्देशन दिएको तथा सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताउनु भयो । बिहीबार थप फौज पठाएर खोजी कार्य तिव्र बनाइो उहाँले बताउनु भयो ।
    बुढाथोकी दिउँसो साढे तीन बजे गह्रौ भारीसहित दुम्लिङ नजिक भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुडिएर वेपत्ता हुनुभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

  • २२ असार २०७९, बुधबार २१:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images