काँग्रेस पदाधिकारी बैठक : निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल
  • CIA Khabar

  • काठमाडौँ– सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल हुने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेण्डामाथि छलफल गरेको हो ।

    केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबीचको तालमेललाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

    भातृ शुभेच्छुक संघ संगठनलाई सक्रिय र गतिशील बनाउने गरि आवश्यक निर्णय हुने उनले बताए। उनले भातृ शुभेच्छुक संघलाई पूर्णता दिने काम पनि छिटै हुने उल्लेख गरे । अहिले पार्टी विधि र पद्धति अनुसार नै अघि बढेको र पार्टी सभापतिले सबैको सहमति जुटाएर निर्णय गर्दै आएको उनको भनाइ छ ।

    केन्द्रित समिति बैठकमा पार्टी सञ्चालन, विधानको कार्यान्वयन तथा सरकारका विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन् ।

  • २६ असार २०७९, आईतवार २०:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images