एसएसपी बढुवा सिफारिस – बढुवा सिफारिसमा परेका पनि खुसी, नपरेका पनि खुसी

सरकारले संगठनको चेन अफ कमाण्ड नभत्काएको प्रहरी अधिकृतहरूको भनाइ

  • CIA Khabar

  • काठमाडौं।गृह मन्त्रालयले असार २५ गते साँझ ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस ग¥यो ।
    वरिष्ठता र कार्यसम्पादनका आधारमा गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह सदस्य सचिव रहेको बढुवा समितिले ३२ जनालाई एसएसपी बढुवा गर्न सिफारिस गरेको हो ।

    पहिलो लटका बढुवा हुन छुटेका डिल्लीराज बिस्ट र अन्य ३१ जना एउटै लटका अधिकृतहरू एसएसपीमा बढुवा सिफारिस भएका हुन् । एकै लटका ३३ जनामध्य दुई जनाको अनुशासन र विभागीय कारबाही भएकाले बढुवा सिफारिस नगरिएको हो । एउटै लटका विमल बस्नेत र रामेश्वरप्रसाद यादवको विभागीय र अनुशासनको कारबाहीमा परेकाले बढुवा सिफारिसमा नपर्नुभएको हो ।

    गृहमन्त्री बालकृष्ण खाणले ठूलो दबाब थेगेर वरिष्ठता र कार्यसम्पादनका आधारमा बढुवा गरेर प्रहरीमा रहेको चेन अफ कमाण्डलाई बचाउन सफल हुनुभएको हो ।
    वि.सं. २०५६ को पछिल्लो ब्याचबाट बढुवा लिष्टमा पर्न राजनीतिक नेतृत्वबाट ठूलो दबाब बढाइएको थियो । तर, त्यो दबाबलाई थेगेर गृहमन्त्री खाणले चेन अफ कमाण्डलाई बचाउँदै अघिल्लो ब्याचकाहरूलाई बढुवा सिफारिस गर्न निर्देशन दिनुभएको थियो । त्यही अनुरुप बढुवा सिफारिस भएको छ ।
    ‘चेन अफ कमाण्ड बचाएर गरिएको बढुवा सिफारिसले संगठनमा राम्रो सन्देश गएको छ । काम गरेमा सोर्स फोर्स नभए पनि कामको मूल्यांकन हुन्छ भन्ने सन्देश गएको छ,’ एक प्रहरी अधिकृतले भने ।
    वरिष्ठता र कार्यसम्पादनका आधारमा बढुवा सिफारिस भएपछि बढुवा सिफारिस हुनेहरू त सन्तुष्ट भएका छन् नै सिफारिस नुहनेहरू पछिल्लो लटका पनि आफ्नो लटका कुनै पनि नपरेपछि असन्तुष्ट छैनन् । दुई चार जनालाई टपक्कै टिपेर बढुवा सिफारिस गरिने हो कि, आफूहरू नपरिने हो कि भन्ने चिन्तामा रहेका २०५६ को ब्याचका एसपीहरू कोही पनि नपरेपछि खुसी नै छन् । संगैका साथीहरू कोही सिनियर र कोही जुनियर नहुने भएपछि उनीहरू खुसी रहेको बढुवाको प्रयास गरेका एक एसपीले सुनाए ।
    एसएसपी बढुवा सिफारिसमा जातीय कलस्टर पनि मिलाइएको छ । एसएसपी बढुवामा दलित समुदायबाट डम्मरबहादुर बिश्वकर्मा पर्नुभएको छ भने मधेसी समुदायबाट उमाप्रसाद चतुरबेदी, मनोजकुमार यादव, संजिव शर्मा दास र सारदाप्रसाद चौधरी बढुवा हुनुभएको छ । जनजातीलाई पनि बढुवामा उपयुक्त स्थान दिइएको छ ।
    एसएसपीमा बढुवा सिफारिसमा परेका विकले सरकारले चेन अफ कमाण्ड नभत्कनेगरी सबैलाई न्याय गरेर बढुवा सिफारिस भएको बताउनुभयो ।

  • २६ असार २०७९, आईतवार २१:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images