काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनले शुक्रबार गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुँझ्दै गृहमन्त्री खाणले नागरिकको जिउ धनको रक्षा र सुरक्षा सरकारको पहिलो दायितव भएको बताउनुभयो ।
उहाँले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका विषयमा ध्यानाकर्षण गराएकोमा संगठनलाई धन्यवाद दिँदै १३ बुँदे मागबारे सुरक्षा निकायसँग दलफल गर्ने बताउनुभयो ।
राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो । हिंसामा परेका महिलाको सुरक्षाको व्यवस्था गर्न पनि संगठनले माग गरेको छ ।