बागमतीको पानी सफा बनाउने योजना अनुसार काम भइरहेको छ : प्रधानमन्त्री देउवा
  • CIA Khabar

  • काठमाडौँ– काठमाडौंको गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । खानेपानी मन्त्रालयबाट निर्मित उक्त प्रशोधन केन्द्रको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् ।

    उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजनाअनुसार उक्त प्रशोधन केन्द्र सञ्चालमा आएको हो । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले पशुपति क्षेत्रको उपल्लो क्षेत्रमा ३ करोड भन्दा बढि फोहोर पानी संकलन गरेर बागमतीमा पठाउने योजना अनुसार फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको बताए ।

    उनले धार्मिक क्षेत्र पशुपति क्षेत्रमा धार्मिक कार्य गर्दा सफा पानीको प्रयोग गर्ने उदेश्य रहेको जानकारी दिए । बालकुमारी , सल्लाघारी र धोबीखोलामा छिटै फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आउने उनको भनाइ छ ।

    कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले बढ्दो शहरीकरणका बेला नदिहरुलाई स्व्च्छ राख्न ठूलो लगानीमा फोहरपानी प्रशोधन केन्द्र स्थापना गरिएको जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका बागमती लगाएत अन्य सहायक नदिलाई स्वच्छ राख्न बिभिन्न स्थानमा स्थापना भइरहको प्रशोधन केन्द्र छिटै सञ्चालनमा आउने उनको भनाइ छ ।

    त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकालाई स्वच्छ तथा सफा राख्न बिभिन्न निकायबीच सहकार्य गर्दै अघि बढ्ने बताए ।

  • १५ श्रावण २०७९, आईतवार २०:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images