सोमबारको व्रत बस्दा के फाइदा हुन्छ ?
  • CIA Khabar

  • काठमाडौँ- मानिसका आआफ्नै इच्छा हुन्छन् । कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने। धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

    धर्मशास्त्र अनुसार व्रत शारिरीक स्वास्थ्यको दृष्टि महत्वपूर्ण छँदैछ, बार अनुसारको लाभ पनि फरकफरक रहने विश्वास गरिन्छ । सोमबार व्रत बस्दा के फाइदा हुन्छ ? धर्मशास्त्रमा के भनिएको छ ? तपाईंलाई चासो हुन सक्छ । सोमबारको व्रत बस्दा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ ।

    धर्मशास्त्र अनुसार, सोमबारको व्रत फलदायी मानिन्छ । सोमबारको व्रतले मानिसका हरेक इच्छा, आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ भन्ने मान्यता रहि आएको छ । विशेष गरी अविवाहित स्त्रीले असल तथा इमान्दार श्रीमान् पाउँछन् भन्ने मान्यता छ ।

    चिकित्सकहरुले पनि हप्तामा एक दिन खाना नखाई ‘फास्टिङ’ बस्दा स्वास्थ्यलाई राम्रो गर्ने बताउँछन् । तर, बिरामी व्यक्तिले भने, चिकित्सकको राय अनुसार खानपानमा ध्यान दिनु जरुरी छ।

  • २३ श्रावण २०७९, सोमबार १६:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images