मालीमा भएको आतङ्ककारी हमलामा परी चार सैनिक मारिए
  • CIA Khabar

  • काठमाडौँ- पश्चिम अफ्रिकी मुलुक मालीमा भएको आतङ्ककारी हमलामा परी चार जना सैनिकको ज्यान गएको छ ।

    त्यहाँका चार जना सैनिक मारिएका मालीको सेनाले प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।

    साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको आतङ्ककारी समूहले बम हमला गरेको थियो ।

    सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि प्रत्याक्रमण गरेको थियो । मालीको सेनाको कारवाहीमा पाँच जना आतङ्ककारी लडाकु पनि पनि मारिएका छन् ।

    मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको दाबी गरेको छ ।

  • २३ श्रावण २०७९, सोमबार १७:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images