हिन्दू राष्ट्रको माग गर्दै खाली खुट्टा पैदल यात्रा
  • CIA Khabar

  • हिन्दू राष्ट्रको माग गर्दै खाली खुट्टा पैदल यात्रा

    काठमाडौ। हिन्दू राष्ट्र स्थापनाको मुख्य माग राख्दै एक जना युवा २१ दिनको खाली खुट्टा पैदल यात्रा गर्दै पशुपतिनाथ आईपुगेका छन् ।

    दाङका युवा झनक बस्नेत चार जिल्लाको सिमाना बबई नदि देखि काठमाडौं सम्मको खाली खुट्टा पैदल यात्रा गरी बिहिबार काडमाडौ पुगेका हुन ।

    सनातन हिन्दु राष्ट्र नेपाल सहित संघीयता खारेज हुनुपर्ने माग राख्दै साउन ४ गते देखि चार जिल्लाको सिमाना कोहलपुर-सुर्खेत सडक खण्डमा पर्ने बबई नदि तटबाट खाली खुट्टा पैदल यात्रा गरेका दाङ  काङ्रेसका युवा नेता बस्नेतले २१ दिन आईपुग्दा आफ्नो यात्रालाई पशुपतिनाथ मन्दिर पुगेर विश्राम गरेका छन ।

    हिन्दु महाअभियान नेपाल आन्दोलनका लागी नेपाली कांग्रेसका नेता स्व. खुम बहादुर खड्काको नाममा समर्पित गरेका थिए । यात्रा बाँके ,बर्दिया ,सुर्खेत र सल्यानको सिमाना कोहलपुर देखि छिन्छुको बिचमा पर्ने बबई पुल देखि शुरुगरेका बस्नेतलाई ठाउँ ठाउँमा स्थानीयवासीहरुले स्वागत र विदाई गर्दै पठाएका थिए ।

    खाली खुट्टा पैदल यात्रा गरेका बस्नेतले पशुपति मन्दिरमा यात्रा विसर्जन गर्दै भने-‘मेरो पैदल यात्रा संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गराउन लक्षित थियो ।’

    शुभचिन्तक,आफन्त,साथिभाई सहित हिन्दू धर्ममा विश्वास गर्नेहरुले पैदल यात्रु बस्नेतलाई पशुपति मन्दिर परिसरमा एक कार्यक्रम गर्दै स्वागत गरेका थिए ।

    नेपाली कांग्रेस तुल्सिपुर उप-महानगरपालिका कमिटिका सह-सचिव समेत रहेका बस्नेत युवाहरुमाझ चिरपरिचित कांग्रेस अनुहार हो ।

  • २६ श्रावण २०७९, बिहीबार १४:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images