सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
  • CIA Khabar

  • काठमाडौं–  सिट बाँडफाँटका लागि बनेको सत्ता गठबन्धन कार्यदलको बैठक सोमबार बस्ने भएको छ। अपरान्ह ४ बजे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

    कार्यदलका सदस्य सचिव केशव जोशीका अनुसार बैठकमा सिट बाँडफाँटको मापदण्डका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा गठबन्धनका पाँच दलका दुई दुई जना सदस्य छन्। मंसिर ४ गते हुने संघीय चुनावसम्मै गठबन्धन गरेर अगाडि बढ्ने भन्दै साउन २० कार्यदल बनाएको हो।

    कार्यदलले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गरे पनि निर्णयमा पुगेको छैन। स्थानीय चुनाव, संसदमा दलको प्रतिनिधित्व, २०७४ को चुनावमा दलले ल्याएका मतलगायत आधारमा सिट बाँडफाँट गर्ने गरी तयारी भइरहेको बताइएको छ।

    भदौ पहिलो सातासम्ममा सिट बाँडफाँट टुंग्याउने काम गर्न कार्यदललाई आग्रह गरिएको छ। कार्यदलमाथि सत्ता गठबन्धनका शीर्ष नेतालाई समेटेर सिट बाँडफाँट गर्नुपर्ने जटिल जिम्मेवारी रहेको छ।

  • ३० श्रावण २०७९, सोमबार ०९:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images