काठमाडौं ।पत्रकार टी.पी। भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान० ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै टानले भुसाललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।
काठमाण्डौंमा आयोजित टानको ४२ औं,४३ औं र ४४ औं वार्षिक साधारणसभाको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पत्रकार भुसाललाई उक्त अर्वाड प्रदान गर्नु भएको थियो । समग्र पर्यटन उद्योग तथा पर्यटन क्षेत्रको नीतिगत विषयमा निरन्तर कलम चलाउँदै आएका पत्रकार भुसालले पछिल्लो समय प्रशारण पत्रकारिताको माध्यमबाट पर्यटनका विषयमा सम्वादहरु संचालन गर्दै आएका थिए ।
विगत दुई दशक भन्दा पहिलेदेखि रुपन्देही जिल्लाबाट पत्रकारिता शुरु गरेका भुसाल पछिल्लो समय काठमाण्डौमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता,नेपाली रेडियो नेट्वर्कमा कार्यक्रम उत्पादक तथा सञ्चालक तथा विभिन्न कलेजमा प्राध्यापनमाआवद्द रहेका छ्न ।
टानको वार्षिक उत्सवको अवसरमा भुसाल सहित नेपाल टेलिभिजनका आर्थिक ब्युरो चिफ प्रदीप चापागाईं, न्युज एजेन्सी नेपालका प्रवन्ध निर्देशक सविन धमला, क्यापिटल नेपाल डटकम र क्यापिटल बिजनेस म्यागजिनका संवाददाता सुवास योञ्जन, राष्ट्रिय समाचार समितिका सम्वाददाता अच्युत रेग्मी,कर्पोरेट नेपालका संवाददाता फुर्पा शेर्पा लगायतका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।