२० भदौभित्र एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाउने
  • CIA Khabar

  • काठमाडौँ- एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्ने, जिल्ला कमिटीले १२ भदौभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने र प्रदेश कमिटीले १५ भदौभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्ने महासचिव भुसालले जानकारी दिए ।

    यसपछि २० भदौमा बस्ने केन्द्रीय कमिटीले प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवारको नाम टुङ्गो लगाउने उनले बताए । समानुपातिक र पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीका लागि उम्मेदवार नाम सिफारिस गर्दा अपनाइनुपर्ने मापदण्ड बैठकले बनाएको छ ।

    महासचिव भुसालका अनुसार पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र सक्रिय र समावेशीताको सिद्धान्त विपरीत नहुने मापदण्ड उम्मेदवारको सिफारिसका लागि मापदण्ड बनाइएको छ ।

    यसैबीच एकीकृत समाजवादीको सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्न ‘पार्टी एकता संयोजन समिति गठन गर्ने’ निर्णय गरेको महासचिव भुसालले जानकारी दिए ।

    ‘एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरू सम्मिलित एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने, जसले दुई पार्टीबिचको एकता र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहसलगायतका कार्यहरु गरी एकताको वातावरण निर्माण गर्नेछ,’ बैठकको निर्णयबारे जानकारी दिँदै भुसालले जानकारी दिए ।

  • २ भाद्र २०७९, बिहीबार १८:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images