पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण
  • CIA Khabar

  • काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ८२ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टीजेन परीक्षणका क्रममा ३ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।

    कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जना निको भइसकेका छन् ।

    हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।

  • २ भाद्र २०७९, बिहीबार १८:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images