चिन्तक गिरिको स्वास्थालाभको कामनामा प्रार्थना शभा
  • CIA Khabar

  • काठमाडौँ-    नेपाली समकालीन राजनीतिका वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक माननीय प्रदीप गिरी प्राणघातक क्यान्सर रोगबाट ग्रसित भइ मेडीसिटी अस्पताल भैसेपाटीको क्ष्ऋग् कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिरहेका छन ।उनको शिघ्र स्वास्थ्य लाभको कामाना गर्दै आज नेपाली काङ्ग्रेस वैचारिक अभियानको आयोजनामा नेपाल साङ्स्कृतिक सङ्घ, डिल्ली बजारमा प्रार्थना शभा सम्पन्न भएको छ ।

    नेपाली काङ्गग्रेस बैचारिक अभियानका संस्थापक संयोजक युवराज खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैचारिक नेता नरहरी आचार्य , दिपकुमार उपाध्याय ,दुर्गासुवेदी लगायतले उहाको ब्यक्तित्वको बारेमा प्रकाश पार्दै स्वास्थलाभको कामना गरेकाथिए।कार्यक्रममा ने का केन्द्रिय सदस्यहरु एन पि सावद,दिपक गिरी,सन्जय गौतम ,प्रतिमा गौतम ,गुरु बराल नानू बास्तोला साथै नेताहरु तिर्थराम डंगोल ,होमनाथ दाहाल को पनि सहभागिता थ्यो । वटुकहरुद्वारा शान्ती पाठ र महामृत्युञ्जय मन्त्रोचारण गरि सुरु गरिएको प्राथना शभामा सहभागी सबैले दिप प्रज्वलनगरि चिन्तक गिरिको स्वास्थलाभको कामना गरेका थिए ।

    No description available.

     

    No description available.

    No description available.

  • ३ भाद्र २०७९, शुक्रबार १७:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images