रामेछापका नागरिकले मलाइ संसदको रुपमा हेर्न चाहेको छ : कांग्रेस नेता भण्डारी
  • CIA Khabar

  • रामेछाप । नेपाली कांग्रेसका नेता झपडराज भण्डारीले आफुलाई संसदको रुपमा अघि सारेको बताएका छन् । लामो समय सम्म राजनीतीमा योगदान दिएको र नागरिको चाहना अनुसार मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । भण्डारीले मेरो प्रदेश डट कम संग कुरा गर्दै अब मंसिर ४ गते हुने संघिय संसद वा प्रदेश संसदमा आफ्नु उम्मेदवारी रहने बताएका छन् ।

    जिल्लाको राजनितिमा लामो योगदान रहेको भन्दै पार्टीको नेताले आफुलाई यस पटन न्याय दिनेमा आफु बिश्वस्त रहेको बताएका छन् । सरल र मिलनसा र त्यागी नेताको रुपमा जिल्लामा पहिचान बनाउन सफल नेता भण्डारी नेपाली कांग्रेस रामेछापका हाल महाधिबेसन प्रतिनिधी समेत रहेका छन् । बि.स २०११ सालमा साविक प्रिति गाउँविकास समिती ४ मा जन्मियका भण्डारी २०३६ साल देखी निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर काम गरिरहेका छन् ।

    राजनीती बाहेक कुनै पेशा व्यवसायमा नलागी जिल्लाको राजनीतीमा ४३ वर्ष बिताएको भण्डारीले बताए । भण्डारी आफु २०३६ सालको जनमत संग्रह देखी सक्रिय राजनीतीमा लागेको बताउछन् । २०४६ सालको आन्दोलनमा ७ दिन २०६२/०६३ को आन्दोलनमा पहिलो पटक ९० दिन र दोस्रो पटक १९ दिन गरी १ सय १६ दिन प्रहरी हिरासतमा समेत रहेको बताए । कांग्रेसको राजनीतीमा लागेको भन्दै तत्कालीन नेकपा माओवादीले २०६२ साल असोज २६ गते घर जग्गा कब्जा गर्दा समेत निरन्तर राजनीतिमा लागेको भण्डारी बताउछन् ।

    ्नेता भण्डारी २०४८ सालको गाउँ विकास समितीको अध्यक्ष हुदै रामेछाप क्षेत्र न १ को क्षेत्रिय सभापती जिल्ला कार्यसमिती सदस्य जिल्ला उपसभापती र कार्यबहाक सभापती हुदै महाधिबेशन प्रतिनिधी समेत भइ सकेका छन् । भण्डारी आफु पार्टीको राजनीतीमा लामो समय लागेको कारण जिल्लाको नेता तथा कार्यकर्ताको साथ र सर्मथन रहेको जिल्लाको समग्र विकास निमित आफ्नो उमेरद्वारी रहने बताएका छन् । भण्डारीले भने मेरो उम्मेदवारी संघमा वा प्रदेशमा कुनमा हुन्छ अहिले भन्न नसके पनी संघ र प्रदेश मध्य एकमा रहने बताएका छन् ।

  • ७ भाद्र २०७९, मंगलवार १०:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images