फर्निचर ब्यबसायले फेरिएको गौमायाको जिबन
  • CIA Khabar

  • बि स २०३८ मा बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिका वडा न ११ रिघामा बुवा प्रेम बहादुर घर्ति र आमा रामकली घर्तिको कोखबाट मध्यम वर्गीय परिवारमा जन्मिएकि गौमाया श्रीसको बाल्यकाल सामान्य रुपमा नै बित्यो। गाउकै सरकारी स्कुलमा कक्षा ९ मा पढ्दा पढ्दै बि स २०५९मा बाग्लुङ्ग कै गलकोट नगरपालिका वडा न ६ निवासी कृष्ण बहादुर पुन श्रीससंग उनको विवाह भयो। उनको पतिले ढुंगा खानीमा काम गरेर दैनिक गुजारा चलाइराखेको समयमा उनको जिबनमा ठुलो बज्रपात आइपर्यो। उनि घास काट्ने क्रममा भिरबाट लडेर करिब १ बर्स बिस्तारामै ळडिरहिन। उनलाई पुर्ण निको हुन् २ बर्ष लाग्यो। उनलाई सो समयमा देख्नेहरुले बाच्छिन भनेर नसोचेको उनि सम्झन्छिन। उनको औषधि उपचारमा ठुलो धनराशि खर्च भएकोले उनले रिनधन गरेर पतिलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईन । तर उनको पति कार्यरत कम्पनि नराम्रो परेकोले उनीहरु बीच करिब २८ महिना सम्पर्क हुन् सकेन। उनले साउदी अरबमा रहेको आफ्नो दाजुको सहयोगमा पतिलाई जसोतसो नेपाल झिकाइन। केहि समयको घरको बसाइपछि उनले पतिलाई साउदी अरब त् पठाईन । तर त्यहा पनि राम्रो कमाई हुन् नसकेपछि वि स २०७१ मा पति नेपाल फर्किएको विषम परिस्थितिमा निर्धन उत्थानको ठुलाथर महिला समुहमा आवद्द भएकी उनको २ छोरा सहित ४ जनाको परिवार रहेकॊ छ।
    उनले समुहबाट ब्यबसाय गर्नका लागि सर्बप्रथम निर्धन उत्थान लघुवित्त बाट रु ४०,०००। कर्जा लिएर भैसी खरिद गरि भैसीपालन साथै तरकारी खेति गर्न थालिन। करिब ४ बर्षको मेहनत र परिश्रमको फलस्वरुप रु ४ लाख बचत गर्न सफल भईन भने उता उनको पतिले फर्निचरको काम गर्दा गर्दै सो सम्बन्धित ज्ञान सिप हासिल गर्न सफल भए। बि स २०७५ साउनमा सस्थाबाट निकालेको कर्जा रु २ लाख र आफ्नो बचत समेत गरेर रु ६ लाखमा पति पत्नी मिलेर फर्निचर ब्यबसाय सुरु गरे। फर्निचर ब्यबसायलाइ निरन्तरता दिन पटक पटक सस्थाबाट कर्जा लिएर सोहि व्यवसायमा नै लगानी थप्दै गए। जसबाट राम्रो आम्दानि हुन् थाल्यो। आफ्ना छोराहरुलाई गलकोट हरिचौर अबस्थित बोडिङ्ग स्कुलमा माध्यमिक तहमा पढाउन सफल भएकी छिन। हाल उनको फर्निचर व्यवसायमा हाल ६० लाख बराबरको लगानी रहेको छ। उनले ३ जना कामदारलाई पुर्ण र ४ जनालाई आशिक रुपमा रोजगारी दिएकि छिन भने पतिले समेत आशिक रुपमा काम गर्दै आएका छन। उनले फर्निचर ब्यबसायबाट सम्पूर्ण खर्च कतै रु १ लाग्ख सम्म मासिक आम्दानि हुने गरेको ब्यहिरा हर्षित हुदै बताउछिन।

    निर्धन सस्थाबाट बिना धितो कर्जा रु ३ लाख सम्म लिएकी उनको सस्थामा बचत समेत रहेको छ। सस्थामा आबद्द भएदेखि जिबनमा खुशीको बहार आएको उनि बताउछिन उनले सफल उधमीको रुपमा स्थापित गर्न सहयोग गर्ने निर्धन सस्था प्रति आभार व्यत्त गर्दै सबैलाई परियोजना तथा आम्दानीको श्रोत पहिचान गरि कर्जा लिइ पुर्ण सदुपयोग गरि आम्दानि गर्न सुझाउछिन।

    लेखक :लक्ष्मण सापकोटा ,हाल उहा निर्धन उत्थान लघुवित्त बित्तिय सस्था लिमिटेड गलकोट शाखामा कार्यरत हुनुहुन्छ ।

  • २९ आश्विन २०७९, शनिबार १३:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images