दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका खोटाङ र लघुबित्त बित्तिय सस्थाहरु बिच अन्तरक्रिया सम्पन्न ।
  • बिशाल भुसाल

  • खोटाङ

    दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका दिक्तेल खोटाङ द्वारा आयोजित अन्तरक्रियामा कार्यक्रम सम्पन्न भएको छ। दिक्तेलमा अबस्थित ११ लघुबित्तहरु का कर्मचारिहरुको उपस्थित रहेको अन्तरक्रिया कार्यक्रम मा नगरप्रमुख तिर्थराज भट्टराई , प्रमुख कार्यकारी अधिकृत सुभाकर पौडेल , आलेप प्रमुख मोहन भट्टराईको उपस्थिति रहेको थियो। दिक्तेलमा कार्यरत लघुबित्त सस्थाका कार्यालय प्रमुख र नगर प्रतिनिधि बीच बर्तमान अवस्था लघुबित्त कार्यक्रमको प्रभाबकारिता र चुनौती बिच छलफल भएको थियो। नगर प्रमुख भट्टराईले लघुबित्तहरुले गरेका कामको प्रसम्सा गर्नुका साथै सामाजिक उत्तरदायित्व प्रति चासो राख्नुभएको थियो। सस्था हरुले स्थानिय स्तरमा सामाजिक उत्तरदायित्व बहन गरेर सम्मुन्न्त नगरपालिका बनाउन अग्रसर रही कार्य गरेको हुदा नगर सदैब हातेमालो गर्न तयार रहेको बताउनु भयो।

    यसैबिच निर्धन उत्थान लघुबित्त बित्तिय सस्था द्वारा प्रकाशन गरिएको सम्बृद्दिको मार्ग पुस्तक निर्धन उत्थान लघुवित्त वित्तीय सस्था दिक्तेल शाखाका शाखा प्रमुख रामाज्ञा रामले नगरप्रमुख भट्टराई लाई प्रदान गर्नु भएको छ।

    हाल निर्धन उत्थान लघुबित्त बित्तिय सस्था का ७७ जिल्लामा १८५ शाखा मार्फत कारोबार गरेको र हरेक क्षेत्रका उत्कृष्ट महिला उद्दमि हरुको कथा उक्त पुस्तक मा समेटिएको जानकारि गराउनु भयो ।।

  • ३ कार्तिक २०७९, बिहीबार १२:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images