गठबन्धन उम्मेदवारलाई निर्वाचनमा जिताउनुस यस क्षेत्रले मन्त्री पाउँछ : शाह
  • CIA Khabar

  • कपिलवस्तु ।कपिलवस्तु क्षेत्र नं. ३ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले गठबन्धनलाई निर्वाचनमा जिताए यस क्षेत्रले मन्त्रि पाउने बताउनु भएको छ । तिन तिन पटक सम्म प्रतिनिधी सभा सदस्य रहनु भएका शाहले चौथो पटक पनि आफुलाई जनताले विजयी बनाए आफु मन्त्रि बन्ने बताउनु भएको हो ।

    चुनावी अभियान अन्तर्गत शिवराज नगरपालिकाको वडा नं. ४ र वडा नंं १ मा भएको कोण सभालाई सम्बोधन गर्दै शाहले आफुले विद्यार्थीहरुको सहज यातायातको सुविधाका लागि विद्यालयहरुमा बस दिएको बताउनु भयो । चोर खोलाका नागरिकका लागी विद्युत्त सेवाका लागी पहल भएको र निर्वाचन पश्चात विद्युत्त जडान हुने पनि उहाँले बताउनु भयो । सिचाईका क्षेत्रमा बोरिङ्ग वितरण पनि आफुले गरेको उहाँ बताउनु भयो । जनताले आफ्नो टोल समाजमा भएका समस्याहरुलाई आफु सम्म पुराए ति समस्या समाधान गरिने उहाँ प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    सुख्खा क्षेत्र भएको कारण सिचाईको व्यवस्थापन गर्न नौमुरे सिचाई योजनालाई संचालन गर्न ठूलो रकमको आवश्यकता पर्ने र साँसदले मात्रै ठूलो बजे ल्याउन नसक्ने हुनाले यस पटक आफु मन्त्रि हुने र नौमुरे सिचाई लाई सम्पन्न गर्ने प्रतिवद्धता शाहले गर्नु भयो ।
    संविधानको रक्षा र समृद्ध नेपाल निर्माणका लागी यो गठबन्धन भएका कारण अब ५ बर्ष सम्म गठबन्धनको सरकार रहने र गठबन्धनको सरकारले मात्रै विकास संम्भव हुने भएकाले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन शाहले आग्रह गर्नु भयो ।

    चुनावी अभियानमा गठबन्धन बाट क्षेत्र नं. ३ (क) का उम्मेदवार एहसान अहमद खाँले आफु विसुद्ध राजनिति गर्ने व्यक्ति भएकोले ठेकेदारहरुलाई भोट नदिएर जनताको सेवामा लाग्नेलाई भोट दिन आग्रह गर्नु भयो । प्रतिनिधी सभा समानुपातिक तर्फ नेपाली काग्रेस केन्द्रिय सदस्य रुपा वि।क। र प्रदेश तर्फ समानुपातिक माओवादि केन्द्र नेतृ उमा वि.क.ले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा का नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

  • २० कार्तिक २०७९, आईतवार २१:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images