सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार
  • CIA Khabar

  • काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

    खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेलले जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो ।

    तर नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आइनसकेकाले जाहेरी दर्ता नगरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।

    जाहेरीमा लामिछानेले झुटो विवरण दिई राहदानी लिएको उल्लेख गरिएको छ ।

  • १७ माघ २०७९, मंगलवार १६:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images