राष्ट्रिय वाणिज्य बैंकको वार्षिक समिक्षा गोष्ठि सम्पन्न
  • CIA Khabar

  • काठमाडौँ- नेपाल राष्ट्रिय वाणिज्य बैंक.लि.को आर्थिक वर्ष २०७०\०८० को वार्षिक प्रगति विवरणको दुई दिवसीय समिक्षा गोष्ठी सम्पन्न भएको छ । धुलिखेलमा भएको गोष्ठिको उद्घाटन सत्रको कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उदेश्य एवम् स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

    बैंकका प्रमूख कार्यकारी अधिकृत किरण कूमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीको उद्घाटन गर्नूभएको थियो भने ब्रान्च अपरेशन बिभागका बिभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।

    बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमूखहरु, २३ वटा बिभागका बिभागीय प्रमूखहरु, बैंकका उपकार्यकारी अधिकृतहरु एवम नायब प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको उक्त गोष्ठीमा प्रमूख कार्यकारी अधिकृतले गत श्रावणमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनितिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको बताउनुभयो ।

    साथै बैंकको मूख्य जिम्मेवारीमा रहनुभएका बिभागीय प्रमूख तथा प्रादेशिक प्रमुखहरुले बजारमा कर्जा लगानि र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खह्रो रुपमा उत्रनको लागि बिशेष निर्देशन दिनुभयो ।

    सहभागी प्रादेशिक प्रमूखहरु र बिभागिय प्रमूखहरुले आ–आफ्नो कार्यालयको प्रस्तूतिकरण गर्नूभएको थियो, उक्त प्रस्तूतिकरणमा बैंकका प्रमूख कार्यकारी अधिकृत नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतहरुले आवश्यक सुझाव दिनुभएको थियो ।

    गोष्ठीको अन्तमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायव प्रमूख कार्यकारी अधिकृत र उपकार्यकारी अधिकृतहरुले अव हामीहरुले खेल्नुपर्ने भूमिकाको बारेमा मन्तव्य राख्नूभएको थियो । सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नूभएको थियो ।

  • १७ माघ २०७९, मंगलवार १७:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images