संरचना बन्दै लुम्बिनी प्रदेशको राजधानीमा
  • CIA Khabar

  • कपिलबस्तु । लुम्बिनी प्रदेशको राजधानी दाङको लालमटिया क्षेत्रमा धमाधम सरकारी संरचनाका बन्न थालेको छ । लुम्बिनी प्रदेश सरकारले गुरुयोजनासहित प्रदेशको स्थायी राजधानी दाङको लालमटिया क्षेत्रमा बस्ने निर्णय भए संगै संरचनाको कामलाई अगाडि बढाएको छ ।

    गुरुयोजनामा दाङको लालमटिया क्षेत्रमा २ सय बिघा क्षेत्रफलमा राजधानी रहने उल्लेख भए पनि अहिले सरकारले १६ बिघा क्षेत्रफलभित्र मात्र कामलाई तीव्रता दिएको छ । पहिलो चरणमा अहिले मुख्यमन्त्री कार्यालयसहित १० वटा कार्यालयको लागि भवन निर्माण गर्ने सम्झौता भएको छ ।

    जसमा ५ वटाको काम ठेक्का भएर धमाधम चलिरहेको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईका प्रमुख ईन्जिनियर ईश्वरराज जोशीले बताए । जोशीले भने,‘हामीले ठेक्का सम्झौताको १० वटा मन्त्रालयको कार्यालय तयार गर्ने भए पनि अहिले ५ वटाको काम धमाधम चलिरहेको छ । अरू पनि छिटै निर्माण कार्य थाल्नेछौ ।’

  • ८ चैत्र २०७९, बुधबार ०९:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images