अडिओ काण्डबारे निर्णय लिने रास्वपाको बैठक सारियो
  • CIA Khabar

  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समितिको बैठक सरेको छ ।

    सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन बिहान ९ बजेका लागि बोलाएको बैठक दिउँसो २ बजेलाई सारिएको छ ।

    केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडिओसम्बन्धी प्रतिवेदन हिजो सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

    समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओमा भएको आवाज आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईँलाई नचिनेको र फोन संवादसमेत नगरेको दाबी छन् ।

  • २९ चैत्र २०७९, बुधबार ११:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images