सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति
  • CIA Khabar

  • काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका उनलाई थप अनुसन्धान गर्न भन्दै अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

    यसै प्रकरणमा मुछिएका पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

  • २० बैशाख २०८०, बुधबार १७:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images