पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
  • CIA Khabar

  • इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो ।

    भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले आफूमाथिको अभियोग राजनीतिप्ररित रहेको बताउँदै आएका छन् ।

    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बख्तरबन्द गाडीमा आएका प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

    गत वर्षको अप्रिल महिनामा उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसयता उनी मुलुकमा तत्काल निर्वाचन हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

  • २६ बैशाख २०८०, मंगलवार १६:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images