नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री गुरुङ
  • CIA Khabar

  • काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्।

    बुधवार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले आफूले धेरै पटक पार्टीको केन्द्रीय समितिमा र संसद्‌मा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।

    मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताएका छन् ।

  • २७ बैशाख २०८०, बुधबार १६:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images