प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थपियो
  • CIA Khabar

  • काठमाडौं– संघीय संसद् अन्तर्रगतको प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थप भएको छ । संघीय संसद्  सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसूची भन्दा थप एक विषय थपेर नयाँ कार्यसूची सार्वजनिक गरिएको छ । 

    जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरूको नामावली प्रस्ताव प्रस्ताव हुने भएको छ । 

    प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पाँचौ बैठक सुरु हुन लागेको छ ।  बैठक अपरान्ह १ बजे, बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भनिएको थियो ।  यसअघि सार्वजनिक भएको कार्यसूचीमा दुईवटा मात्र बुँदा उल्लेख  थियो । 

    जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । 

    यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए । 

    बस्नेतको गत २०८० बैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

  • १ जेष्ठ २०८०, सोमबार १३:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images