गठबन्धनको बैठकलगत्तै मन्त्रिपरिषद बैठक बस्ने
  • CIA Khabar

  • काठमाडौँ- आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

    सोअघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् । सरकारका नीति तथा कार्यक्रमबारे राय लिनका लागि प्रधानमन्त्रीले गठबन्धनको बैठक बोलाएका हुन ।

  • २ जेष्ठ २०८०, मंगलवार १४:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images