नक्कली शरणार्थी प्रकरणको अनुसन्धान कहाँसम्म पुग्यो ?महामन्त्री शर्मा
  • CIA Khabar

  • काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

    सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले शरणार्थी प्रकरणमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने जनाएका हुन् । महामन्त्री शर्माले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानको प्रक्रिया कहाँसम्म पुगेको भन्नेबारे पनि जवाफ माग गरेका थिए ।

    बैठकमा उनले शरणार्थी प्रकरणमा दोषी नछुट्ने र निर्दोष नफस्ने विषयमा सबै सजग रहेको भन्दै सरकारले गरेको अनुसन्धानमा सबैको साथ रहेको बताए ।

  • २ जेष्ठ २०८०, मंगलवार १७:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images