प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुने
  • CIA Khabar

  • काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्।

    संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री महतले ‘आव २०७९र८०को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

    शनिबार रातिसम्म बसेको प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेपछि भोलिपल्ट आर्थिक सर्वेक्षण पेस गर्न लागिएको हो।

    सरकारले नीति कार्यक्रम र आर्थिक सर्वेक्षणमा टेकेर भोलि आगामी वर्षको बजेट ल्याउनेछ।

    हेर्नुस् कार्यसूची

     

     

  • १४ जेष्ठ २०८०, आईतवार ०९:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images