सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प
  • CIA Khabar

  • काठमाडौँ– सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । 

  • १४ जेष्ठ २०८०, आईतवार १४:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images