कानूनी दायरामा नआउने स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने मेयर साहको चेतावनी
  • CIA Khabar

  • काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विपन्न एवं लक्षित वर्गलाई कानून बमोजिम दिनुपर्ने सुविधा उपलब्ध नगराउने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् ।

    आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केही स्वास्थ्य संस्थाले प्रचलित स्वास्थ्य सम्बन्धी कानुनअनुसार लक्षित वर्गलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याइ निशुल्क उपचार गर्नुपर्नेमा सो नपाइएको उल्लेख गरेका छन् ।

    उनले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने विभिन्न ६८ स्वास्थ्य संस्थाहरूलाई कारवाहीका लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएको समेत बताएका छन् ।  

    उनले स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउनेतर्फ पनि मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    उनले सात दिनभित्र सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बताएका छन् । 

    महानगरपालिकाले सुविधा उपलब्ध गराउने सम्बन्धमा यही जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो । 

  • १७ जेष्ठ २०८०, बुधबार ०९:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images