प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
  • CIA Khabar

  • काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

    विपक्षी दलहरूको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।

    यसअघि आज बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए ।

    विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

  • २१ जेष्ठ २०८०, आईतवार १६:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images