गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलिलाई पेसी तोकियो
  • CIA Khabar

  • काठमाडौं– रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ ।

    त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको मारिएका थिए ।

    रौतहटको गौरस्थित चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो ।

  • २१ जेष्ठ २०८०, आईतवार १६:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images