डिएलए नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि
  • CIA Khabar

  • चितवन–    नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । 

    पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुन लागेको महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    महासचिव लक्ष्मीदेवी रावलका अनुसार महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय एक जना प्रतिनिधि सहभागी हुनेछन् । अहिले देशभरबाट प्रतिनिधि आउनेक्रम जारी छ ।

  • २६ जेष्ठ २०८०, शुक्रबार १३:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images